झापाली समाज अस्ट्रेलियाले रक्तदान कार्यक्रम गर्ने

सिड्नी, झपाली समाज अस्ट्रेलियाले स्थापान दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ । रक्त दान कार्यक्रम संयोजक अशोक ओलीका अनुसार आउने फेब्रवरी ९ विहिवार र १० शुक्रवार दुई दिन सिड्नीको टाउनहल ब्लड डोनर्स सेन्टरमा रक्तदान कार्यक्रम हुन लागेको हो । विहिवार अपरान्ह ३ बजे देखि र शुक्रवार विहान १० बजेदेखि रक्तदान शुरु हुनेछ । शारिरिक रुपमा स्वस्थ जो पनि यो रक्तदानमा सहभागि हुन पाउने छ ।

झपाली समाज अस्ट्रेलिया अध्यक्ष दिपक खनालका अनुसार समाजले जन्म थलो झपामा शिक्ष स्वास्थ्य र आय अर्जनको क्षेत्रमा सहयोग गर्दै आएको छ । साथै अस्ट्रेलियाका विभिन्न राज्यहरुमा बसोवास गर्ने जिल्ला बासी माझमा एकता र सहयोग बढाउन भुमिका खेलेको छ ।

Leave a Comment

Your email address will not be published.