अन्तर्राष्ट्रिय झापाली समाज गठन

माघ १७, २०७३- झापा जिल्लाको बिकासका लागि विश्वभर छरिएर रहेका झापालीहरुको अन्तर्राष्ट्रिय तदर्थ समिति निर्माण गरिएको छ । समितिले जिल्लाको विकासका लागि विभिन्न कार्यहरु गर्ने बताइएको छ ।
विश्वका १४ देशमा रहेका झापालीहरु बिचमा आपसी सरसल्लाहमा निर्माण गरिएको तदर्थ समितिको संयोजकमा अष्ट्रेलियाबाट भवानी ओली छानिएका छन् । शुक्रबार भएको छलफलमा उक्त निर्णय गरिएको एक बिज्ञप्ति जारी गर्दै जानकारी दिइएको छ । विज्ञप्तिमा जनाइएअनुसार अबको दुई साताभित्रमा नै अन्य देशका झापालीहरुलाई समेटेर पूर्ण कार्यसमिति तयार गरिनेछ । अष्ट्रेलिया, कुवेत, इजरायल, कोरिया, हङ्गकङ्ग, मलेसिया, लक्जेम्बर्ग, बेलायत, अमेरिका, जापान, क्यानाडा, जर्मनी, साइप्रस र दुबईमा रहेका झापालीहरुका बिचमा छलफल गरेर समिति निर्माणको निर्णय गरिएको जनाइएको छ ।
संयोजक छानिएका ओलीले आफू जन्मिएको जिल्लामा केही गर्न सकियोस र विश्वभरि रहेका झापालीहरुबिचमा भाइचारा र आपसी सम्बन्ध कायम गर्न सकियोस भन्ने उद्देश्यले समितिले काम गर्ने बताए । झापाली समाज अष्ट्रेलियाका अध्यक्ष दीपक खनालको अध्यक्षता र सचिव रुपराज मैनालीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुले आफ्नो जिल्लाको विकासका लागि विश्वभरिबाट एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

Leave a Comment

Your email address will not be published.